राप्ती नदीमा डुबेर दाहसंस्कारमा गएका दुई युवकको मृत्यु

काठमाडौँ । बाँकेमा दाहसंस्कारमा गेका दुईजना युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहीबार बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेका हुन् । अघिल्लो दिन बुधबार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेकोजिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । प्रनाउ न्यौपानेका अनुसार दाहसंस्कार कार्यपछि नदीमा पौडी खेल्न खोज्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले बताएको छ ।

हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका उनीहरूको शव बिहीबार बिहानै डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदीमा प्रहरीले फेला पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *