सिनामंगलमा पुरुषको शव भेटियो

काठमाडौँ । सिनामंगलमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। सिनामंगलको विष्णु मन्दिर परिसरमा एक जना पुरुषको शव भेटिएको हो ।

ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामीको बिहीवार बिहान बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तीन दिन पहिले पनि काठमाडौंको कपनमा एक पुरुषको बेवारिसे शव भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =