काठमाडौँ उपत्यकामा वर्षा, यस्तो रहनेछ दिनभरको मौसम
२०७९ जेठ २६ गते

काठमाडौँ । देशका विभिन्न भू-भागमा आज पनि वर्षा हुने मौसमविद्ले बताएका छन् । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
विभागका अनुसार आज राति प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
२०७९ जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








