स्वदेश फर्केका श्रमिकको पुनः एकीकरण गर्न स्वीट्जरल्याण्डले ८६ करोड दिने

काठमाडौँ । वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ ।

नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारका अधिकारीबीच उक्त सहयोगसम्बन्धी सम्झौतापत्रमा बुधबार अर्थमन्त्रालयमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको हो । सम्झौता पत्रमा अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र काठमाडौँस्थित स्विट्जरल्यान्ड दूतावासका चार्ज डी अफेयर्स सिल्भाना होगले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रदेश १ र मधेशका २० पालिकामा श्रमिकको पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले नेपाललाई करिब ८६ करोड १३ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

उक्त सहयोग नेपाल सरकारको खर्च प्रणालीबाट कार्यान्वयनमा जाने जनाइएको छ । स्वदेश फिर्ती आप्रवासी श्रमिकलाई सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रमा पुनः एकीकरण गर्न परियोजनाले सघाउ पुर्याउने छ ।

उक्त परियोजनाअन्तर्गत वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई पुनः एकीकरण गरी उनीहरुसँग भएको ज्ञान, सीप, पूँजी र अनुभवको सदुपयोग गर्दै देश विकासमा लगाउने उद्देश्य राखिएको छ । २०२२ जुलाइबाट सुरु हुने उक्त परियोजना ५ वर्षसम्म चल्ने बताइएको छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव अर्यालले वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई समाजमा पुनः एकीकरणका लागि सो परियोजना अत्यन्त महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा काठमाडौँस्थित स्विट्जरल्यान्ड दूतावासका चार्ज डी अफयेर्स साल्भानाले नेपालको विकासका लागि आप्रवासी श्रमिकको ज्ञान, सीप, अनुभवन तथा पुँजी प्रयोगको उच्च सम्भावना रहेको बताउ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =