सेयरबजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन गरिएको जानकारी दिएका छन् ।

नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सव समारोहमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले धितोपत्र र पूँजीबजार क्षेत्रमा देखिएको विविध समस्यामा समाधान गर्नका लागि बुधबार नै सुझाव समिति गठन गरिएको जानकारी दिए ।

अर्थमन्त्रालय, राष्ट्र बैक र धितोपत्र बोर्डको सहभागितामा चार सदस्यीय सुझाव समिति गठन गरिएको उनले बताए । समितिले दिएको सुझावका आधारमा सुधारका कामहरू सुरु गर्ने उनकाे भनाई छ ।

त्यस्तै अर्थमन्त्री शर्माले आफूले नेतृत्व सम्हाले देखि धितोपत्र बजार देखिएका समस्याहरू पहिचान गर्दै सुदृढ गर्ने काम भएको र नयाँ प्रविधिलाई भित्राउनुपर्ने धारणा राखे । उनले लगानीकर्ताको हित संरक्षणका लागि नियमनकारी संस्थाको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले स्वचालित कारोबार प्रणालीलाई विश्वनीयता बनाउनुपर्ने र सहज रूपमा कारोबारको अवस्था सिर्जना गर्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *