राज्यका निकायमा ७० वर्ष नाघेकाले उम्मेदवारी दिन नपाउने व्यवस्था गरौँः योगेश भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आजको प्रतिनिधिसभा बेठकमा ७० वर्ष नाघेकाले राज्यका निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्न माग गरेका छन् ।

आज बुधबारको संसद बैठकमा बोल्दै भट्टराईले ७० वर्षभन्दा माथिकाले राज्यका निकायमा चुनाव लड्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘हामीले ६५ वर्ष अथवा ५८ वर्षमा अवकाशको प्रणाली राखेका छौँ । तर, राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ । अब ७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि निकायहरूमा चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ?’

सांसद भट्टराईले आफूहरूलाई  र्‍याल–सिँगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री नचाहिएको बताउँदै उनले भने,  ‘हामीलाई काम गर्ने प्रधानमन्त्री चाहिएको हो। यस विषयमा सबै राजनीतिक दलहरूले एक मत बनाऔंँ भनेर ध्यानाकर्षण गर्न चाहन्छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *