अछामका विनोद शाहीको हत्या घटनाकाे छानबिन गर्न सभामुखकाे रुलिङ

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिए ।

सांसदले उक्त घटना राजनीतिकरण भएको आरोप लगाए । उनले अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उनले सरकारको ध्यानाकर्षण गराए । गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि जाहेरी दर्ता नभएको बोगटीले बताए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको जेठ २१ गते बिहान घर नजिकैको भिरमा शव फेला परेको थियो । मृतक किशोरका आफन्तले उनकाे हत्या भएको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *