फाेहाेरकाे डरले कूटनैतिक नियाेगका कर्मचारी बाहिर निस्कन छोडे : सांसद श्रेष्ठ

काठमाडाैँ । नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले सिसडोलबासीको मागप्रति गम्भीर हुँदै काठमाडौँको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभा बैठकको बुधबारको बैठकमा श्रेष्ठले लामो समय फोहरको समस्या समाधान नहुँदा काठमाडौँ दुर्गन्ध र फोहोरले आक्रान्त भएको भन्दै बलप्रयोग गरेर नभई वार्ता र सहमतिमार्फत नै फोहर व्यवस्थापन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

त्यस्तै, उनले फाेहाेरका कारण कूटनैतिक नियाेगहरूले संक्रमरण हुने खतरा बढेकाे कुरा सर्कुलर गरेकाे बताए ।

उनले अब धेरै दिन काठमाडौँवासीले सहन नसक्ने भन्दै तत्कालै फोहोरको व्यवस्थापन हुनुपर्ने धारणा राखे । श्रेष्ठले फोहर व्यस्थापनका बिषयमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरे ।

काठमाडौँ महानगरमा प्रतिनिधि छनौटसम्म फोहर व्यवस्थापनमा धैर्य राख्ने जनताप्रति सम्मान व्यक्त गर्नुपर्ने उनले बताए । जनताले निर्वाचनकाे समयसम्म फाेहाेर उठ्छ भन्ने धीरता राखेकाे भन्दै उनले निर्वाचनको परिणाम आइसकेपछि पनि फोहर व्यवस्थापन नहुनु दुखद भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *