केनको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

काठमाडौँ । यूइएफए नेसन्स लिग अन्तर्गत इटालीले हंगेरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले हंगेरीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इटालीको जितमा निकोलो बरेला र लोरेन्जो पेलेग्रिनीले एक एक गोल गरेका छन् भने हंगेरीका लागि एक गोल इटालीका गिआनलुका मान्चिनीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि इटालीको समुह ३ मा २ खेलमा ४ अंक भएको छ र समुहमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै हंगेरीको ३ अंक छ र दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी यसै समुहमा रहेका जर्मनी र इङल्याण्डले १-१ गोलको बराबरी खेलेका छन् । गएराती भएको खेलमा इङल्याण्डका ह्यारी केनले खेलको अन्त्य तिर प्राप्त पेनाल्टीलाई गोल गर्दै इङल्याण्डलाई हारबाट बचाएका छन् । त्यस्तै जर्मनीका लागि जोनस होफम्यानले शुरुवाती गोल गरेका थिए ।

यो बराबरीपछि जर्मनीको २ खेलमा २ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ भने इङल्याण्डले २ खेलमा एक अंक हासिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *