लागुऔषध सहित पक्राउ

विराटनगर । झापा र सुनसरीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका–६ बाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट १ जनालार्य लागुऔषध सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर–७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर–६ का २५ बर्षीय दावा तामाङलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरको बराहक्षेत्र–५ सिमरबनका ५९ वर्षीय रत्न माझीलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *