नागढुंगाबाट झण्डै ४ कराेडसहित ५ जना पक्राउ

काठमाडाैँ । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फूलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक रहेकाे प्रहरीले जनाएकाे छ ।

नुवाकोटबाट काठमाडौँतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला परेकाे हाे ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *