केएमसीमा अत्याधुनिक बिएमडी, सीबीसीटी र मेमोग्राम सेवा सञ्चालनमा

काठमाडाैँ । काठमाडौँ मेडिकल कलेजले अत्याधुनिक बिएमडी, सीबीसीटी र मेमोग्राम सेवा सञ्चालनमा ल्याएको छ ।

मेमोग्राम अन्तर्गत स्तनको एक्स रे, स्तनसम्बन्धि जुनसुकै रोग पत्ता लगाउने, नियमित स्तन स्क्रिनिङ लगयातका सेवा उपलब्ध हुने केएमसी रेडियोलोजी विभाग प्रमुख प्रदीप मिश्रले बताए । यसबाट स्तन क्यान्सर अति छिटो पहिचान हुने र उपचार गर्न सजिलो हुने उनले बताए ।

त्यस्तै बिएमडी सेवा अन्तर्गत हड्डी भाँचिने समस्या, उमेर बढ्दै जाँदा हड्डी कमजोर हुने समस्या, उमेर बढ्दै जाँदा हड्डीमा खनिज पदार्थको कमी हुने समस्या पहिचान गरी उपचार गर्न सकिने केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । यसअन्तर्गत हड्डीमा हुने खनिजको मात्राबारे पनि अध्ययन गरिन्छ ।

सिबीसिटी सेवा अन्तर्गत अत्याधुनिक मेसिनद्वारा दाँत तथा गिजा सम्बन्धि जाँच, सिटी स्क्यान, दात तथा गिजाको ३ डी इमेज लिई जाँच गराउने, दात प्रत्यारोपण समेत गरिने विभाग प्रमुख प्रदीप मिश्रले जनाए ।

केएमसीले यस अघि नै सिटी स्क्यान, १२८ स्लाइस डिजिटल एक्स रे, पिएफटी, इको, टिएमटी, फाइब्रोस्केन, इसीजी, इन्डोस्कोपी लगायतका सेवा दिँदै आएको छ । अब निकट भविष्यमा नै एमआरआईको सेवा समेत शुरू हुने अध्यक्ष डा. सुनिल शर्माले बताए ।

डा. सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौँ बिरामी लाभान्वित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *