भरतपुरको कार्यपालिकामा गठबन्धनको प्यानल निर्वाचित

चितवन । भरतपुर महानगरको कार्यपालिकामा पाँच दलीय गठबन्धनको प्यानल नै निर्वाचित भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोत्तम पौडेलले कार्यपालिकामा निर्वाचित हुने आठ जना नै गठबन्धनबाट निर्वाचित भएको बताए ।

महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसकी नर्वदा सापकोटा (८६ मत) शारदा पोखरेल (८७ मत), सिर्जना अधिकारी (९१ मत), सुकमाया विक (८९ मत) र नेकपा (माओवादी केन्द्र) की बिना नेपाली (८६ मत) निर्वाचित भए ।

यस्तै, दलित अल्पसंख्यकतर्फ नेपाली कांग्रेसका गोपाल दराई (९७ मत), नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर भुजेल (८६ मत) र नेकपा एकीकृत समाजवादीकी कोपिला उपरकोटी (९२ मत) निर्वाचित भएका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

जसमा नेपाली कांग्रेसबाट ७७, नेकपा एमालेबाट ५०, नेकपा माओवादी केन्द्रबाट १०, नेकपा एकीकृत समाजवादीबाट ५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ र एक जना स्वतन्त्रका जनप्रतिनिधि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *