थप २८ जनामा कोरोना संक्रमण, ९ निकाे
२०७९ जेठ २४ गते

काठमाडाैँ । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार १ सय २० पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ५४ जना निको भएका छन् ।
हाल नेपालमा १ सय ७ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








