भरतपुर महानगरले सबै किसिमका कर अनलाइनबाट लिने

चितवन । भरतपुर महानगरपालिकामा सबै किसिमका कर अनलाइनबाट भुक्तानी हुने भएको छ ।
अनलाइन कर प्रणालीको आज भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, वडाध्यक्षलगायतको उपस्थिति थियो ।

अनलाइनमार्फत घरमै बसेर कर बुझाउन सकिने भएपछि स्थानीयले महानगरपालिकासम्म धाउनुपर्ने झन्झटको अन्त्य भएको छ । महानगर प्रमुख दाहालले अनलाइनमार्फत कर बुझाउँदा धेरै फाइदा हुने बताइन् ।

उनले कसैले अनियमितता गरेको होला भनेर शंका गर्नु नपर्ने, काम छिटो हुने डिजिटल रूपमै तथ्यांक सुरक्षित रहने, कागजी झन्झट बोकेर हिँड्नुपर्ने जनाइन् ।

दाहालले राजस्वबाट सुरु गरेर महानगरबाट पाउने सबै सेवालाई ‘डिजिटलाइजेसन’ बनाउने लक्ष्य लिइएको बताइन् । अब भरतपुर महानगरमा सम्पत्ति कर, नक्सा पास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरू घरबाट नै तिर्न सकिने भएको छ ।

डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको प्रमुख दाहालको भनाइ छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणाली सुरु भएसँगै भ्रष्टाचारसमेत कम हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *