सर्लाहीबाट हराएका ६ वर्षीय बालकको १ हप्तापछि धनुषामा शव फेला

काठमाडौँ । सर्लाहीबाट एक हप्तादेखि हराइरहेका एक बालकको शव धनुषामा फेला परेको छ । बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो ।

एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका–७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ मा छाप्रोमा बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए । जनकपुरधाम–२२ र महोत्तरीको पिपरा गाउँपालिका–६ वसविट्टीस्थित दूधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

बालकको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

बरहीका परिवार घुमन्ते जीवन बिताइरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *