संस्कृतिमन्त्री आलेद्वारा पशुपति क्षेत्र अनुगमन, विश्वरूप मन्दिर पुनःनिर्माण शुभारम्भ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज मंगलबार पशुपति क्षेत्र अनुगमन गरेका छन् ।

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको विश्वरूप मन्दिर तथा सत्तलको पुनःनिर्माणको शुभारम्भ एवं शिलान्यास समारोहका लागि मन्त्री आले आज पशुपति क्षेत्र पुगेका हुन् । मन्त्री आलेले भगवान शिवको पूजा-आराधना गर्दै मन्दिर निर्माण कार्यक्रमको उद्घाटन गरेका हुन् ।

साथै, उनले सत्तल पुनःनिर्माणको समेत आजै शिलान्यास गरेका छन् । मन्दिर तथा सत्तल पुनःनिर्माण कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै मन्त्री आलेले पौराणिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धनमा आफू सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

सम्पदा सूचीमा समेत परेको पशुपति क्षेत्रभित्र पर्ने विश्वरूप मन्दिर वि.सं. २०७२ सालको भूकम्पमा भत्किएको थियो ।

तस्वीरहरूः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *