तैरिरहेको अवस्थामा काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ ।

आज मंगलबार बिहान सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले धोबीखोलामा अन्दाजी ४०-४५ वर्षीय पुरुषको शव फेला परेको जानकारी दिएका हुन् । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर र प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेर उक्त शवको मुचुल्का उठाउने कार्य गरेको छ । साथै, परीक्षणका लागि शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता मैनालीले बताए । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हालसम्म शवको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *