याैन हिंसाबारे गृहमन्त्रीकाे प्रण- हदम्याद परिमार्जन गर्न सरकार सकारात्मक छ

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले सरकार हदम्याद परिमार्जन गर्न सकारात्मक रहेकाे बताएका छन् । मंगलबार संसद्‌मा सांसदहरूले उठाएकाे विषयहरूकाे जवाफ दिँदै उनले यस्ताे बताएका हुन् । ‘सडकदेखि सदनमा हदम्यादबारे आवाज उठेकाे छ । यसलाई सरकारले सकारात्मकरूपमा लिएकाे छ,’ उनले भनेका छन्, ‘यसबारे सरकारले अध्ययन गरिरहेकाे छ । सरकार याैन हिंसालाई कसैले प्रशय दिनुहुन्न भन्नेमा प्रष्ट छ ।’

याैन हिंसाले समाजमा धेरै विकृतिहरू ल्याएकाे गृहमन्त्रीले बताएका छन् । ‘खासगरी बाँकेकाे सामूहिक बलात्कारमा पनि युवाहरू नै देखिन्छन्, यी र यस्ता घटनाहरूले समाजलाई विकृतिहरू भित्र्याएकाे छ । यस्ता घटनाहरूलाई नियन्त्रण गर्नुपर्छ । बाँकेमा सामूहिक बलात्कार गर्ने युवाहरू ३५ भन्दा तलकै छन् । उनीहरूलाई अब अभिमुखिकरण गर्नुपर्ने पनि छ । यसलाई पाठ्यक्रममा राखेर पढाइनुपर्छ भन्ने पनि आवाज उठेकाे छ । यसलाई सरकारले सकारात्मकरूपमा लिएकाे छ ।’

महिलाअधिकारकर्मी तथा सचेत वर्गहरूले याैन हिंसाबारे उजुरी दिने हदम्याद लम्ब्याउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *