पाेखरामा माेटरसाइकल दुर्घटना, एकजनाकाे मृत्यु

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पोखरा-२५ हेमजामा नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग १ प ७६६६ नं को मोटरसाइकल अनियन्त्रित भई सडकमै पल्टिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक हेमजाका स्थानीय अक्षयराज कुँवरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

चालकसँगै सोही मोटरसाइकलमा पछाडि सवार दिलिप कुवँर पनि घाइते भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *