क्रोएसियाले फ्रान्सलाई रोक्यो

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत गत विश्वकपका फाइनालिस्ट रहेका फ्रान्स र क्रोएसिया बराबरीमा रोकिएका छन् । गएराती समपन्न खेलमा फ्रान्सलाई क्रोएसियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

फ्रान्सले खेलको ५२औं मिनेटमा एड्रीयन रबिओटको गोलमा शुरुवाती अग्रता लिएको यस खेलमा खेलको ८३औँ मिनेटमा क्रोएसियाका एनड्रेज क्रामारिकले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । यो बराबरीपछि नेसन्स लिगको समुह १ मा रहेका फ्रान्स र क्रोएसियाले एक एक अंक हासिल गरेका छन् ।

गोल अन्तरका आधारमा फ्रान्स समुहमा तेस्रो र क्रोएसिया चौथो स्थानमा रहेको छ । दुवैले नेसन्स लिग अन्तर्गत आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए । यसै समुह अन्तर्गत गएराती डेनमार्कले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको छ र समुहमा शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *