नेयमारको गोलमा जापानमाथि ब्राजिलको जित

काठमाडाैं – स्टार फरवार्ड नेयमारको पेनाल्टी गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा संघर्षपूर्ण जित निकालेको छ । ब्राजिल घरेलु टोली जापानमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो ।

जापान नेसनल स्टेडियम टोकियोमा सोमबार भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको साहरा लिनुपरेको थियो । ब्राजिलको हरेक आक्रमणमा जापानको रक्षापङ्ति र गोलरक्षक बाधक बनेको थियो ।

७८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । रिचार्लीसनलाई पेनाल्टी बक्समा इन्डोले फउल गर्न पुगेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टी प्रदान गर्दा नेयमार चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा ब्राजिल विजयी हुन सफल भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *