दाङमा लोहोरो प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या

काठमाडौँ । दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।

घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । गायत्रीले अचार पिस्ने  ‘लोहोरो’ प्रहार गरी गुप्ताको हत्या गरेकी हुन् । आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । हत्याको आरोेपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *