सिपी गौतमलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय भएको छ ।

आज सोमबार बसेको मन्त्री परिषद बैठकले गौतमलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। गतसाता रिक्त एक एआईजीमा बढुवा गर्न बढुवा समितिले गौतमलाई सिफारिस गरेको थियो। आइजीपीमा राजु अर्याल बढुवा भएपछि सशस्त्रमा एआईजी रिक्त भएको थियो।

गौतम हाल कार्यरत डीआईजीमध्ये वरिष्ठ हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =