नेपाल प्रहरीका ५ जना डीआईजीकाे बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूकाे बढुवा गर्ने निर्णय गरेकाे छ ।

साेमवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले पाँच जना प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद्ले गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।

बढुवा हुनेहरूमा १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनी रहेका छन् । त्यस्तै मुकुन्दराज आचार्य र पूजा सिंहकाे पनि एआईजीमा बढुवा भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =