जमुनाह नाकामा भारतबाट फर्किएका ३ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । बाँकेको जमुनाह नाकामा भारतबाट फर्किएका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ ।

भारतको रुपैडिहा हुँदै बाँकेको नेपालगञ्ज आएका उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए । “केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड सङ्क्रमण पुष्टि भइरहेको छ”, उनले भने । प्रमुख शाहका अनुसार आज दैलेख, प्यूठान र जाजरकोटका एक-एक गरी तीनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहँदा करिब दुई सातामा आठजनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *