साताको पहिलो काराेबार दिन झण्डै १३ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक ओरालो लागेको छ ।

अघिल्लो सातासमेत ओरालोकै यात्रामा रहेको सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन १२.९२ अंकले घटेर १०६५.७८ बिन्दुमा ओर्लिएको छ । यस दिन १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७६ रुपैयाँमा ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन २२८ कम्पनी मध्ये ८७ कम्पनीको सेयरको मूल्य बढेको छ । ९७ कम्पनीको मूल्य घटेको छ भने १२ ओटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन समूहगत सूचक मध्ये डेभलपमेन्ट बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूहको सूचक बढेका छन् । बाँकी सबै समूहको सूचक घटेका छन् ।

यस दिन सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूलय १० प्रतितले बढेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, सिद्धार्थ इक्विटी फण्डलगायत कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी हिमालयन बैंक लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *