इसेवाबाट मेट लाइफको प्रिमियम तिर्दा एक हजारसम्म छुट पाइने

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म छुट(क्यासब्याक) पाइने कम्पनीले जनाएको छ । इसेवा मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम रु एक हजारसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको हो ।

कम्पनीका अनुसार यस्तो क्यासब्याक ४८ घण्टाभित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितिले ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ । यस योजनामा हरेकदिन एक जनाले एक हजार र बम्पर उपहारमा १ लाख रुपैयाँसम्म जित्न सकिने बताइएको छ । साथै मेटलाइफका कुनै पनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपेको क्यूआरमार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

देशभर एक लाख ५० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको छ । इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

यस्तै १ सय ५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा सेवा दिँदै आएको मेटलाइफको बीमा प्रिमियम भुक्तानी पनि इसेवाबाट गर्न सकिन्छ । यो कम्पनीले सन् २००१ देखि सेवा दिँदै आएको छ ।

विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् । नेपाली बीमा बजारमा आग्रणी मानिने मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ ।

नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना बीमा तथा स्वास्थ बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *