उद्योग मन्त्रालयकी उपसचिव मरासिनीद्वारा एक बालिकाको अभिभावकत्व ग्रहण

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपसचिव शान्ता नेपाल मरासिनीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ को आठ वर्षीया बालिका आरुषि ढकालको अभिभावकत्व ग्रहण गरेकी छन् ।

उपसचिव मरासिनीले ती बालिकालाई विद्यालयमा अध्ययनका साथै अन्य खर्चमा समेत सहयोग उपलब्ध गराउने भएकी हुन् । स्थानीय तहको निर्वाचनमा मण्डनदेउपुर नगरमा निर्वाचन अधिकृतमा खटिएकी मरासिनीले सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा बालिकाको अभिभावकत्व लिएको बताइन् । उनले नारी शिक्षित र सक्षम भएमा उनीहरूमाथि हुने हिंसा न्यूनीकरण भई शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने विश्वास व्यक्त गरिन् ।

नगरका नवनिर्वाचित नगरप्रमुख टोकबहादुर तामाङ, उपप्रमुख विष्णुमणि नेपाल, वडाध्यक्षलगायत जनप्रतिनिधिले मरासिनीले सामाजिक सेवाको भावनाले बालिकाको अध्ययनका लागि गरेको अभिभावकत्वले धेरैलाई प्रेरणा प्रदान गर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =