बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नबढाउने मुडमा सरकार

काठमाडौँ । सरकारले बलात्कार सम्बन्धी घटनामा उजुरी गर्ने हदम्याद नबढाउने बताएकाे छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचलित कानुनमा रहेकाे हदम्यादसम्बन्धी व्यवस्था तत्काल पुनर्विचार नहुने बताएका छन् ।

उनले सरकार यस सम्बन्धमा गम्भीर भएकाे बताउँदै अध्ययनपछि मात्रै हदम्याद बढाउनेबारे निर्णय लिने बताए ।

कानुन आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न मुलुकको हदम्यादसम्बन्धी प्रावधान र नेपालको सामाजिक परिवेशसमेत हेरेर प्रतिवेदन दिने र त्यस आधारमा मात्र सरकारले पुनर्विचार गर्नसक्ने उनले बताएका हुन् ।

‘हदम्यादका कारण न्यायबाट बञ्चित हुन नपरोस् भन्ने यहाँहरूको भावनामा सरकार गम्भीर छ । त्यसैले यो बारेमा पब्लिक डिबेट सुरु हुनेबित्तिकै सरकारले सिरिसयली लिएर नेपाल कानुन आयोगलाई यस विषयमा अध्ययन गर्न भनेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =