सार्वजनिक पद धारण गरेकाे व्यक्तिले यौनहिंसा गरे २ वर्ष बढी सजाय देऔँ : सांसद थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सार्वजनिक पदमा रहेकाे व्यक्तिले याैनहिंसा गरे २ वर्ष बढी सजाय दिने व्यवस्था गर्न सुझाएका छन् ।

प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धकाे ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा बाेल्दै सांसद थापाले यस्ताे बताएका हुन् ।

उनले भने, ‘दफा २२७ को पछाडि जुन थप्ने भनिएको छ, सार्वजनिक पद धारण गरेकोले यदि पीडितहरुले धम्काउने, प्रलोभनमा पार्ने कुरा गर्दा ६ महिना बढी कैद भनिएको छ, यसलाई कम्तीमा पनि दुई वर्ष बनाउनुपर्छ ।’

गएको स्थानीय सरकारमा निर्वाचित भएका कतिपय जनप्रतिनिधिहरु र त्यो भन्दा अरू जनप्रतिनिधिहरू पनि यस्तो काममा संलग्न भएको देखेको बताउँदै थापाले कैद सजायको अवधि बढाउनुपर्नेमा जाेड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =