सर्वनाम शिक्षालयका होस्टेल वार्डेन बस्नेतलाई आज म्याद थप गर्ने तयारी

काठमाडौँ । बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई म्याद थप गर्ने तयारी गरिएको छ । बौद्ध प्रहरीकाअनुसार शनिबार पक्राउ परेका उनलाई आज म्याद थप गर्ने तयारी गरिएको हो ।

वार्डेन बस्नेतलाई होस्टेलमा बस्ने छात्राहरूको विभिन्न अङ्ग सुमसुम्याउने, काखमा राखेर अश्लील भिडिओ एवं फोटोहरू देखाउने गरेको आरोप लागेको छ । विद्यार्थीहरूले वार्डेनले गर्दै आएका त्यस्ता हर्कतहरू आफ्ना अभिभावकलाई भनेपछि शनिबार अभिभावकहरू विद्यालय पुगेका थिए ।

प्रहरीसँगै लिएर अभिभावकहरू विद्यालय आएको थाहा पाएपछि वार्डेन बस्नेत फरार भएका थिए । पछी रामेछाप प्रहरीको सहयोगमा उनलाई शनिबार नै रामेछापबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो आज अदालत खुलेसँगै उनलाई बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरिने बौद्ध प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =