काठमाडौँको गोठाटारमा केएमसीद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र रोटरी क्लब बानेश्वरको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय आनन्द भैरव माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९२१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २३३ जनाको रक्त परीक्षण, १९६ जनाको भिडियो एक्सरे र १०७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाँतमा समस्या भएर शिविरमा आएका २७ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । यसअघि, केएमसीले बिहीबार र शुक्रबार नुवाकोटको विदुर नगरपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । डा. सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौं बिरामी लाभान्वित भएका छन् ।

तास्वीरहरूः



 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *