मेस्सी एक्लैको ५ गोल

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इस्टोनियालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि पाँचै गोल लियोनेल मेस्सीले गरेका थिए । मेस्सीले खेलको ८औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने दोस्रो गोल खेलको ४५औं मिनेटमा, तेस्रो गोल खेलको ४७औं मिनेटमा, चौथो गोल खेलको ७१औं मिनेटमा र पाँचौं गोल खेलको ७६औँ मिनेटमा गरेका थिए ।

मेस्सीले योसहित अहिलेसम्म अन्तर्राष्ट्रिय खेलमा ८६ गोल गरेका छन् । मेस्सीले १६२ खेलमा ८६ गोल गरेका हुन् । मेस्सी अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् । रोनाल्डोले अहिलेसम्म ११७ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *