‘टोखाले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको छ’

काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वातावरण संरक्षणलाई टोखाले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज टोखा नगरपालिकाले हिमालयन वातावरण संरक्षण प्रालि र वातावरण संरक्षण केन्द्रसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा उनले वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनलाई टोखाले विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकले टोखालाई स्वच्छ र वातावरणमैत्री बनाउनका लागि नगरपालिकाले विभिन्न योजना बनाएर काम गरिरहेको बताए । टोखा नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नरोत्तम रानाले टोखाले वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेको बताए ।

विश्व वातावरण दिवसका अवसरमा टोखाले आज बिहान जनचेतनामूलक पदयात्रा कार्यक्रमसमेत सञ्चालन गरेको थियो । कार्यक्रममा नगरप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पाठक, वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्य, समाजसेवी, विद्यालयका शिक्षक एवम् विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =