चन्द्र गुरुङकाे कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ विमाेचित

काठमाडाैँ । कवि चन्द्र गुरुङको कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’काे विमाेचन भएकाे छ ।  शिल्पी थिएटर काठमाडाैँमा आज कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले कवितासंग्रहकाे विमाेचन गरेका हुन् ।

कार्यक्रममा समीक्षक राजकुमार बानियाँले कविता सिर्जनामा गुरुङ हल्ला शालीन भाषामा कविता लेख्ने कवि भएकाे बताए ।

‘जब एउटा मान्छे हराउँछ’मा ५० थान कविता समेटिएका छन् । २ सय ४९ रुपैयाँ मूल्य रहेको संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो । यसअघि गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ कवितासंग्रह प्रकाशित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *