सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मुख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, साखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्तालाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

लम्जुङ शाखा कार्यलयमा पनि उक्त कार्यक्रम आयोजना गरिएको थियो । जनमानसमा बिमाको महत्व, बिमा दाबी भुक्तानी लगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *