एकीकृत समाजवादीबाट सिफारिस नयाँ मन्त्रीको सपथ साेमवार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरूकाे सपथ सोमवार हुने भएकाे छ ।

एकीकृत समाजवादीको आइतवार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाइ प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नयाँ मन्त्रीकाे नाम सिफारिस गरेको थियो ।

नयाँ मन्त्रीहरूले भाेलि राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन् ।

समाजवादीले सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरलाई सिफारिस गरेकाे छ ।

त्यस्तै, हीराचन्द्र केसीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *