प्रदेश स्वास्थ्य मन्त्रालय जिल्ला अस्पताल सुदृढीकरणको तयारीमा

विराटनगर । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि जिल्ला अस्पताल सुधार गर्ने योजना ल्याउने तयारी गरेको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश १ का १४ जिल्लामा रहेका जिल्ला अस्पतालको सुदृढीकरणका लागि योजना ल्याउने तयारी गरेको हो ।

आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा प्रदेश मातहत रहेको अस्पतालको सुधार र सुदृढीकरणको लागि विशेष खालको योजना ल्याउने तयारी भइरहेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिए ।

‘जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेदिक अस्पताल र कार्यालयको सुधारको लागि काम गर्ने हाम्रो योजना छ, उनले भने, हिजोका दिनमा निर्णय भएका तर कार्यान्वयन हुन नसकेका विशेषज्ञ डाक्टर प्रोत्साहन कार्यक्रम आगामी आर्थिक वर्षदेखि प्रभावकारी कार्यान्वयनमा जानेछ ।’

प्रदेश सरकार मातहतको दुर्गम जिल्लामा विशेषज्ञ डाक्टर पु¥याउनको लागि प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याउँदा दुर्गमका नागरिकले आफ्नै जिल्लामा सेवा पाउने उनको भनाई छ । हिमाली र पहाडी जिल्लामा विशेषज्ञ डाक्टर टिकाई राख्नका लागि हामीले केही नयाँ योजनाहरू ल्याएर कार्यान्वयनमा जाने तयारी रहेकोले स्वास्थ्य क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण कामको थालनी गरेका छौँ ।

बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा स्वास्थ्य मन्त्रालय अन्तर्गतको योजना र कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफललाई तीव्रता दिइएको मन्त्री यादवले जानकारी दिए ।

ज्येष्ठ नागरिक, अपाङ्ग, सुत्केरी र गर्भवतीको लागि थप सेवा सहितको कार्यक्रम ल्याउने बारेमा पनि मन्त्रालयमा छलफल भएको छ । स्वास्थ्य मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य तालिम केन्द्रलाई प्रभावकारी बनाउनको लागि यो वर्षदेखि सबै खालका तालिमहरू त्यही तालिम केन्द्र मार्फत सञ्चालनमा ल्याउने तयारीका साथ मन्त्रालय लागेको मन्त्री यादव बताउँछन् ।

‘अहिले स्वास्थ्यका तालिमकहरु विभिन्न होटलहरुमा हुने र खर्च धेरै हुने गरेको छ, उनले भने, हामीसँग धनकुटामा रहेको तालिम केन्द्रलाई प्रभावकारी बनाई सबै स्वास्थ्य मन्त्रालय मातहतका सबै तालिमहरू त्यही केन्द्र मार्फत सञ्चालन गर्ने तयारी गरिएको छ।’ सरकारले टेलिमेडिसिन सेन्टर पनि नयाँ आर्थिक वर्षसँगै ल्याउने तयारी थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *