थप १३ जनामा कोरोना संक्रमण
२०७९ जेठ २२ गते

काठमाडाैँ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ७९ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ३७ जना निको भएका छन् ।
हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








