प्रकाशशरणकाे विश्लेषण- कांग्रेस एक्लैले बहुमत ल्याउँदैन, ओली ‘गठबन्धन कहिले टुट्छ’ भनेर कुरेर बसेका छन्

काठमाडाैँ । सत्तासीन दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस एक्लै लडेर बहुमत ल्याउन नसक्ने स्वीकारेका छन् । आइतबार पार्टीकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यसबारे बताएका हुन् । ‘हामीलाई स्थानीय तहकाे निर्वाचनले पनि धेरै कुराहरू देखाएकाे छ,’ उनले भने, ‘हामी एक्लै लडेर, कांग्रेस एक्लै लडेर बहुमत ल्याउँदैन, ल्याउन सक्दैन ।’

त्यसका लागि अहिलेकाे पाँचदलीय गठबन्धन रहिरहनुपर्ने प्रवक्ता महतले बताएका छन् । ‘अब फेरि प्रादेशिक र संघीय चुनाव हुँदैछ । सरकारले मंसिरमा आमचुनाव गर्ने भनेकाे छ, त्यसमा छलफल भइरहेकाे छ । हामीले प्रदेशमा र संघमा बहुमत हासिल गर्नुपर्छ । त्यसका लागि यही गठबन्धन हुनुपर्छ । यदि याे गठबन्धन टुट्याे भने कांग्रेसले बहुमत ल्याउन सक्दैन । यसतर्फ हामीले विचार गर्नुपर्छ ।’ उनले कार्यकर्ताहरूलाई आमचुनावकाे तयारीमा जुट्न निर्देशनसमेत दिए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘गठबन्धन कहिले टुट्छ’ भनेर कुरेर बसेकाे बताए । ‘उता ओली पर्खिएर बसेका छन् । हिजाे ओलीले पनि माओवादी केन्द्रसँगै एकता गरेर बहुमत ल्याएकाे हाे । उनले पनि एकता नगरेकाे भए बहुमत ल्याउँदैनथे,’ उनले भने । यस्तै याे गठबन्धन जाेगाउनुकाे विकल्प नरहेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =