वाग्मतीका मुख्यमन्त्री र काठमाडाैँका मेयरबिच भेटवार्ता

काठमाडाैँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेट गरेका छन् ।

आइतवार बिहान मुख्यमन्त्री पाण्डेकाे निवास स्वयम्भूमा भएकाे भेटमा उनीहरूबिच काठमाडौँ महानगरभित्रको फोहोरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुख शाहले पहिलाे दिनबाटै विभिन्न क्षेत्रका व्यक्तिहरूसँगकाे भेटलाई तीव्र पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *