रुपन्देही बस दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको परिचय खुल्याे (भिडिओ)

काठमाडाैँ । भैरहवा–परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलामा भएकाे बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ६ जनाकाे सनाखत भएकाे छ ।

जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका वडा नम्बर ८ की ३६ वर्षीया तुलसी बस्याल, रूपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका वडा नम्बर २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका वडा नम्बर–११ कालिका नगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षीय अरविन्द शर्माको मृत्यु भएको हो ।

घाइते २४ जनामध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ । घाइते ९ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *