१ महिनामा आफ्ना ८ लाख सदस्यबाट रु. १०० संकलन गर्दै माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने भएकाे छ ।

पार्टी कार्यालय व्यवस्थित तथा विस्तार गर्न भन्दै माओवादीले प्रत्येक सदस्यबाट उक्त रकम संकलन गर्ने भएकाे हाे ।

आइतवार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिनाभित्र न्यूनतम १ सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय भएकाे माओवादी नेता हरिबोल गजुरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *