राजसंस्थाबारे पुनःविचार गरे राप्रपासँग सहकार्य हुन्छ : कमल थापा

विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग सहकार्य गर्न सकिने बताएका छन् ।

विराटनगरमा आइतबार पत्रकारहरूसँग बाेल्दै थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनःविचार गरे सहकार्य हुने बताएका हुन् ।

उनले भने, ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौँ भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ ।’

त्यस्तै, उनले अब परिस्थिति बदलिएकाले राजा फर्कन नसक्ने बताए । थापाले नेपालको धरातलीय यथार्थ र जनभावना अनुसार राजसंस्था पुनर्स्थापित हुनसक्ने सम्भावना शून्य भइसकेकाे दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *