लोसपा कार्यकारिणी समितिको बैठक बस्दै
२०७९ जेठ २२ गते

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी लाेसपाकाे कार्यकारिणी समितिको बैठक बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको छ । अहिले नेताहरू आउने क्रम जारी छ ।
बैठकले स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका विषयमा छलफल हुने लाेसपाले जनाएकाे छ । आगामी निर्वाचनमा कुन दलसँग गठबन्धन गर्ने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








