माओवादी पूर्वस्थायी समितिको बैठक आज बस्दै
२०७९ जेठ २२ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समिति सदस्यहरूको बैठक आज बस्दै छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने भएको हो ।
पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालकाअनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुनेछ । पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो ।
तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको पूर्वस्थायी समिति सदस्य गणेश साहले बताए । स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो ।
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








