चलचित्र ‘सर्वजित’को निर्माणमा आर्थिक सहयोग गर्ने मन्त्री आलेको घोषणा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका आफ्नो  निजी खर्चबाट आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

मन्त्री आलेले सो चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच उक्त चलचित्रको शुभमुहूर्त समेत भएको हुँदा सोही कार्यक्रममा मन्त्री आलेले यस्तो घोषणा गरेका हुन् । दिनेश डिसीद्वारा निर्देशन हुन गइरहेको सो चलचित्रको आज बालुवाटारबाट नै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन् ।

दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने उक्त चलचित्र निर्माणका लागि रु. एक करोड २५ लाख बराबरको लागत लाग्ने अनुमान गरिएको छ । आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसर पारी सो चलचित्रको शुभमुहूर्त गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *