‘रेप निड जस्टिस’ समूहद्वारा माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ । राजधानीको माइतीघरमा ‘रेप निड जस्टिस’समूहद्वारा बलात्कारविरुद्ध प्रदर्शन गरेको छ ।

सो समूहले “बलात्कारमा हदम्याद हटाऊ” भन्ने मूल नाराका साथ बलात्कारीले सजाय पाउनैपर्ने र पीडितले न्याय पाउनैपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका छन् । साथै, ‘पेन्ट मि रेड’ अभियानअन्तर्गत यौन दुर्व्यवहारमा परेकाहरूले संयुक्त हस्ताक्षर गरी प्रतीकात्मक रूपमा शरीरमा रातो पोतेरसमेत विरोध जनाएका छन् ।

कानुन संशोधन गरी बलात्कारको मुद्दा दर्ताको व्यवस्थामा हदम्याद हटाउन मागसहितको प्रदर्शनमार्फत् सरकारलाई दबाब दिनु नै आफ्नो मुख्य उद्देश्य रहेको समूहले जनाएको छ।

तस्वीरहरूः









प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *