नोबेलको शिविरबाट चक्रघट्टीका ११ सय बिरामी लाभान्वित

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका-६ स्थित चक्रघट्टीमा शुक्रवार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २६ बिरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, चक्रघट्टी-काठमाडौँ जागरण समाज र महेन्द्र माध्यमिक विद्यालय पूर्व विद्यार्थी समूहको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा २२१ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्स-रे र १९२ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएर शिविरमा आएका ३२ जनाको दाँत फुकालिएको छ ।

शिविरमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव पनि सहभागी थिए । कार्यक्रममा मन्त्री यादवले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नोबेलले गरिब तथा विपन्न बिरामीलाई सहयोग पुर्‍याएको बताए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे र नोबेलका प्रबन्धक दाहालले पनि मन्तव्य राखेका थिए ।

नोबेल अस्पतालले विभिन्न संघसस्थाहरुसँग सहकार्य गरेर बर्सौँ अघिदेखि पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौँ बिरामीले निःशुल्क उपचार पाएका छन् । निःशुल्क स्वास्थ्य शिविरले गरिब तथा विपन्न बिरामीलाई फाइदा पुग्ने भएकाले यसलाई निरन्तरता दिइने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =